परराष्ट्रमन्त्री डा.राणा र बेल्जियमका विदेश मामिलामन्त्री बर्नार्डबीच भेटवार्ता

ब्रसेल्स । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र बेल्जिमयमका विदेश मामिला, युरोपेली मामिला, वैदेशिक व्यापार र संघीय सांस्कृतिकमन्त्री बर्नार्ड क्विन्टिनबीच भेटवार्ता भएको छ ।

शुक्रबार बेल्जियममा भएको भेटवार्तामा परराष्ट्रमन्त्री डा.राणाले बेल्जिमयमका विदेश मामिलामन्त्री क्विन्टिनसँग द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गरेकी हुन् । उनले नेपाललाई अतिकम विकासशीलको सूचीबाट माथि उठाउने विषयमा बेल्जियमको सहयोगका लागि आग्रह गरेकी हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री डा.राणाले एलडीसी वर्गबाट नेपालको स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन बेल्जियमको सहयोगको लागि आह्वान गरेको बताएकी छिन् ।

‘हामीले बेल्जियम र नेपालबीचको आर्थिक संलग्नतालाई प्राथमिकताका क्षेत्रमा लगानी लगायतका विषयमा पनि छलफल गरेका छौं’, डा.राणाले भनेकी छिन् ।

Published : Friday, 2024 December 13, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया