दिल्लीको निम्तोले कम्युनिस्ट सरकारभित्र खैलाबैला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएपछि खड्गप्रसाद ओली सरकारलाई तनाव भएको छ ।

एक महिना अगाडि मात्रै भारत र चीनको भ्रमण सकेका प्रचण्डफेरि दुई दिने भ्रमणको लागि यही शुक्रबार दिल्ली जाने भएपछि पूर्वएमालेभित्र खैलाबैला शुरु भएको हो ।

दिल्लीमा प्रचण्ड ईण्डिया फाउण्डेशनको कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्ड दिल्ली जाने भएपछि प्रधानमन्त्री केपी ओली सरकारको मुटुको धड्क बढेको चर्चा हुन थालेको छ ।

फाउण्डेशनका महासचिव राम माधवको निमन्त्रणमा उनी भारत जाने भएका हुन् । प्रचण्ड दिल्लीमा २६ र २७ तारिख रहनेछन् । दिल्लीमा रहँदा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।

यसअघि प्रचण्ड एक महिनाअघि मात्रै भारतको भ्रमण गरेका थिए । प्रचण्डले यति छिटो भारत भ्रमण गर्न लागेकोमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाभित्र आन्तरिक विवाद बढेको र कम्युनिस्ट सरकारले काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला प्रचण्डले दिल्ली भ्रमण गर्नुलाई पूर्वएमालेका नेताहरुले शंकाको रुपमा हेरेका छन् ।

Published : Tuesday, 2018 October 23, 3:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया