ओलीको कम्युनिस्ट सरकारले ठेस खाइसक्योः विश्वप्रकाश शर्मा

पाँचथर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्टहरुको पतन छिटै हुने बताएका छन् ।

पाँचथरको फिदिममा मंगलबार पत्रकारहरुसँग कुरा शर्माले कांग्रेसको उत्थान नहुँदै कम्युनिस्टको पतन हुने बताएका हुन् ।

निर्वाचनमा नराम्ररी हार खाएको कांग्रेसको उत्थान नहुँदै कम्यनिस्टहरुको पतन हुने अबस्था आएको बताए । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति संकेत गर्दै शर्माले कम्युनिस्टहरु सरकारका कारण दिनप्रति दिन बद्नाम हुँदै गएको बताए ।

कांग्रेसका प्रवक्ता शर्माले कम्युनिस्टको दुई तिहार्इको शक्तिशाली सरकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप पनि लगाए । उनले सोचेभन्दा चाँडै कम्युनिस्टहरू पतन हुन लागेको उल्लेख गरे ।

‘कम्युनिस्ट सरकारलाई देशको विकास गर्न सबैभन्दा उपयुक्त समय छ’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘सरकारले विकास गर्नुभन्दा पनि दलीय स्वार्थपूर्ति गर्न लागेकाले जनताबाट तिरस्कृत बन्दै गएको छ ।’

शर्माले दुई तिहाई बहुमत प्राप्त सरकारले पाँच वर्ष नेतृत्व गरेर मुलुकलाई समृद्ध बनाउन सुझाव दिए । ‘कम्युनिस्ट सरकारको काम गर्ने ढंग पुगेको छैन’, शर्माले भने, ‘ढंग पुगेपछि ठेस खानुपर्छ ।’ यो सरकाले ठेस खाइसकेको उनले बताए ।

Published : Tuesday, 2018 October 23, 4:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया