यी डिआइजीहरूको सुरुवा, अख्तियारमा ठाकुरले पाए कमाण्ड

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । ११ डिआइजीहरूको पदस्थापन भएको छ ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का प्रहरी प्रमुख फेरिएका छन् । प्रदेश नम्बर २ मा हालै बढुवा भएका हरि पाललाई पठाइएको छ । प्रदेश नम्बर ५ मा पिताम्बर अधिकारीलाई सरुवा गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयमा शैलेश थापा क्षेत्रीको सरुवा भएको छ । थापा यसअघि प्रहरी मुख्यालयको प्रवक्ता थिए ।

प्रदेश नम्बर २ मा कार्यरत दिनेश अमात्यलाई लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ । प्रदेश नम्बर ५ का शेरबहादुर बस्नेतलाई विमानस्थल प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा निरज शाहीलाई पठाइएको छ । सिआइबीमा कार्यरत नारायणसिंह खड्कालाई प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखामा खटाइएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख मनोज न्यौपानेलाई प्रहरी निरीक्षणालयमा सरुवा गरिएको छ ।

डिआइजी ठाकुर ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी दिइएको छ । डिआइजी तारिणीप्रसाद लम्साललाई सुरक्षा सेवा निर्देशनालय, विनोद शर्मा घिमिरेलाई महानिरीक्षकको सचिवालय, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विकास श्रेष्ठलाई साइबर ब्यूरो, प्रद्युध्न कार्कीलाई राष्ट्रिय प्रहरी तालिम केन्द्र, हरिभक्त प्रजापतीलाई महिला तथा बालबालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।

नेपाल प्रहरीको प्रवक्तामा एसएसी उत्तमराज सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ता रहेका शैलेश थापा क्षेत्री डिआइजीमा बढुवा भएपछि सुवेदी नियुक्त भएका हुन् । सुवेदी प्रहरी महानिरीक्षकको सचिवालय अन्र्तगतको उजुरी छानबिन शाखाको प्रमुखका रुपमा कार्यरत थिए ।

Published : Tuesday, 2018 October 23, 9:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया