परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएकी छिन् ।

डा.राणाले शुक्रबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाएको छ ।

सम्मेलन सहभागी भएपछि परराष्ट्रमन्त्री डा.राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ । स्वास्थ्य परीक्षणपछि डा.राणा सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । डा.राणा युरोपमा विभिन्न कार्यक्रमहरूमा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् ।

Published : Thursday, 2024 December 19, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया