काठमाडौं । सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यदल गठन गरेका छन् । सोमबार पार्टी कार्यालयमा बसेको बैठकबाट लामिछानेले दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा ‘मिसन ब्लुप्रिन्ट कार्यदल गठन’ गरेका हुन् । कार्यदलको संयोजक एक जना हुनुपर्ने थियो । लामिछानेले अर्याल र वाग्ले एकजनालाई मात्रै कार्यदलको जिम्मेवारी दिन सकेनन् । बाध्य भएर दुई जनालाई एउटा कार्यदलको संयोजक बनाएका छन्...