नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरीले एक मधेस प्रदेशको नारा बोकेका मधेसी नेताहरूलाई रेशम चौधरीले बोलाएका कारण टीकापुर घटना भएको बताएका छन् । शुक्रबार कोहलपुरमा नेपाल थारु संघ, बाँकेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले टीकपुर घटनामा राजेन्द्र महतो, महन्त ठाकुरहरूलाई रेशम चौधरीले किन बोलाएको हो ? भनेर प्रश्न गरेका छन् । टीकापुर हिंसाको घटनाका कारण थारु आन्दोलन...