काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने हिंसाका नाइके दुर्गा प्रसाईंकै शैलीमा सामाजिक सञ्जालबाट उत्तेजक अभिव्यक्ति दिएका छन् । सोमबार साँझ फेसबुक लाईभका क्रममा उनले लेखेका छन्, ‘भोलि २६ गते राष्ट्रिय झन्डासहित बल्खुमा सबै सहभागी बनौँ । भर्खरै हामी र काठमाडौं प्रहरी प्रमुखले कार्यक्रमस्थल अनुगमन गरिरसकेका छौं ।’ ‘कार्यक्रम शान्तिपूर्ण हुनेछ तर भ्रष्टाचारी सरकार डराएको छ । आजै बालुवाटारमा र नक्सालमा...