काठमाडौं । गृह मन्त्रालयले इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ । बिहीबार सूचना जारी गरेर मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको हो । सूचनामा भनिएको छ, ‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा...